२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

आठ स्थानीय तह पहिराको उच्च जोखिममा

२०७७, २६ असार शुक्रबार ०८:४५

असार २६, बैतडी | देशभर बाढी र पहिराको घटनाले धनजनको क्षति भइरहेका बेला बैतडी पनि पहिराको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेका छन् ।

मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौँडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिराको उच्च जोखिममा रहेका हुन् । विभिन्न प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा जोखिम रहेको भए पनि आठ वटा स्थानीय तह पहिराको उच्च जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । 

अहिलेसम्म पहिराले पुर्याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा आठ वटा स्थानीय तह पहिराको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्नया र पाटनबाहेक अरु स्थानीय तह पहिराको उच्च जोखिममा छन्, यी दुई स्थानीय तहमा पनि जोखिम कायमै छ ।” जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । उहाँले विगतका वर्षमा बाढीपहिराले गराएको क्षति र अझै सम्भावना रहेका आधारमा उच्च जोखिममा राखिएको बताउनुभयो । 

जिल्लाको डिलाशैनी गाउँपालिकाको बाङ्गाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारी खेतलगायतका ठाउँ पहिराको उच्च जोखिममा छन् भने दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिराको उच्च जोखिममा छन् । 

यस्तै जिल्लाको पुरर्चौंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिराको उच्च जोखिममा छन् । मल्लादेहीको लामुनी पहिराका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय नरेन्द्र साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष पहिरो नियन्त्रण भनेर बजेट आउने गरेको भए पनि पहिरो नियन्त्रण हुन सकेको छैन ।”

चार स्थानीय तहमा विपद् व्यवस्थापन योजना छैन

जिल्लाका आठ स्थानीय तह पहिराको उच्च जोखिममा रहेको भए पनि यहाँका स्थानीय तहमा अझै विपद् व्यवस्थापन योजना बनेका छैनन । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बढी भइसक्दासमेत विपद् व्यवस्थापन योजना नबन्दा विपद्का बेला समस्या हुने गरेको छ । 

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुनुपर्ने भएपनि बैतडीका चार वटा स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाउन नसकेका हुन् । 

जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । उनीहरुले कार्यविधि बनाएर काम गरिरहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन । चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयो । 

स्थानीय तहसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्का बेला व्यवस्थापन योजना नहुँदा विपद्मा परेका नागरिकलाई झन समस्या हुने गर्दछ ।” स्थानीय सरकारसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्का समयमा राहत, उद्धार तथा अन्य कार्य परिचालन गर्न समस्या हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका प्रत्येक स्थानीय तहलाई विपद् व्यवस्थापन योजना बनाउन भनेका छौँ ।” बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक