2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा तेस्रो मुलुकबाट २०५ जना फर्किए

राजकुमार पराजुली ।असार २७, काभ्रे। तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन् । 

एकमहिनायता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । उनीहरूमध्ये हाल १४४ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो, “तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ ।” तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको होल्डिङ सेन्टर बसेका काभ्रेलीलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ । 

पोष्टका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नाकरिकमा धुलिखेल नगरपालिकाका ३३, बनेपाका ३५, पनौतीका ३३, मण्डनदेउपुरका १५, पाँचखालका १७, नमोबुद्धका १२ तथा रोशी गाउँपालिकाका १४, महाभारतका तीन, चौँरीदेउरालीका आठ, भुम्लुका छ, बेथानचोकका आठ, तेमालका १७ र खानीखोलाका चार रहेका छन् । यहाँका १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन छन् भने धुलिखेल, बनेपा र पाँचखाल नगरमा २७ आइसोलेशन श्यया  तयारी अवस्थामा रहेको छ । 

हालसम्म विदेशबाट आएका स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइनेछ । “यसका लागि स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरह सुविधा भएको व्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधानसम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट काभ्रेली आउनेक्रममै रहेकाले स्थानीय तहको क्वारेन्टिन थप ब्यवस्थित गर्दै प्रत्येक क्वारेन्टिन १०० बेड क्षमतामा विस्तार गर्न थालिएको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । 

तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताउनुभयो । उहाँका अनुसार हालसम्म भारतलगायत विदेशबाट फर्केका ६३७ पुरुष र १३३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । “भारतलगायत तेस्रो मलुकबाट एकैपटक नआउने भएकाले हाल व्यवस्थित क्वारेन्टिन पर्याप्त छ, तर पनि सङ्क्रमण फैलिने क्रममा रहेकाले बेड सङ्ख्या र क्वारेन्टिन थप क्षमताको बनाउने तयारीमै छौँ”, उहाँले भन्नुभयो । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क थियो । 

पनौतीका २ र ९ वडा सिल 

यसैबीच दुई कोरोना भाइरस सङ्क्रमित भएपछि पनौती नगरले २ र ९ नम्वर वडा शुक्रबार साँझ सिल गरेको छ । वडा नं २ का ४७ वर्षीय महिला र ९ मा २६ वर्षका पुरुष कोरोना सङ्क्रमित भएपछि वडा सिल गरिएको हो । नगरपालिका कार्यालयले समुदायमा सङ्क्रमणको उच्च जोखिम देखिएकाले सुरक्षाका मापदण्ड अपनाएर आफ्नै घरमा बस्न नगरवासीमा अनुरोध गरेको छ । 

साथै सिल गरिएको वडामा अत्यावश्यक परिस्थितिमा घर बाहिर जानुपर्ने वा आउनुपर्ने भए स्थानयीय प्रहरी, स्वास्थ्यकर्मी तथा वडाध्यक्षसँग समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । हालसम्म काभ्रेका २० जनामा कोरोना पुष्टि भएकोे छ । ती मध्ये सात जना उपचारपछि घर फर्किएको पोष्टले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द