2026-11-02 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा आइसोलेसन निर्माण र क्वारेन्टिन क्षमता विस्तारमा आलटाल

राजकुमार पराजुली। साउन १, काभ्रेपलाञ्चोक । स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणलक्षित आइसोलेसन निर्माण तथा क्वारेन्टिनको क्षमता विस्तारमा आलटाल गरेका छन् । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टिनको क्षमता विस्तार गर्न ताकेता गरेको पनि दुई महिना बितिसकेको छ ।

स्थानीय तहलाई क्वारेन्टिनको क्षमता १०० शयामा विस्तार गर्न आग्रह गरिएको दुई महिना तथा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको केही हप्ता बितेको पोष्टले जनाएको छ । केन्द्र तथा पोष्टले आफ्ना हरेक बैठकमा यी दुवै कार्यका लागि स्थानीय तहसँग आग्रह गरिएको निर्णय सार्वजनिक गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १० लाई न्यूनतम १० श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गर्न आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।

झाका अनुसार हाल बनेपा नगरपालिकाले पाँच, पनौती नपामा १५ र पाँचखाल नपाले सात श्ययाको आइसोलेसन तयार गरेका छन् । बुधबार मात्रै स्थानीय तहमा गरिएको अनुगमनपछि तोकिएको सङ्ख्यामा शीघ्र आइसोलेसन श्यया तयार गर्न अनुरोध गरिएको झाले बताउनुभयो । “कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएकाले स्थानीय तहमै आइसोलेसन श्यया  निर्माण गर्ने तयारीमा लागेका हौँ”, झाले भन्नुभयो । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित २१ मध्ये सात उपचारपछि घर फर्किएका छन् ।

यस्तै स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टिनको क्षमता विस्तार गरी १०० श्ययाको पु¥याउन पटक–पटक ताकेता गरिएको जनाइएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहका क्वारेन्टिन १०० श्ययाको बनाउनैपर्ने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “११ हजारभन्दा बढी काभ्रेपलाञ्चोकका नागरिक विदेशमा बसेको तथ्याङ्कका आधारमा क्वारेन्टिन १०० श्ययाको बनाउनटैपर्ने जरुरी देखिन्छ ।” उहाँका अनुसार विदेशिएका काभ्रेली आउने क्रम जारी रहेकाले स्थानीय तहले तोकिएको सङ्ख्यामा क्वारेन्टिनको क्षमता विस्तार तथा आइसोलेसन श्यया बनाउनुपर्ने हुन्छ । हाल १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् ।

 नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्माले आवश्यकता परेका बेला आफ्नो क्षमताअनुसार क्वारेन्टिनको क्षमता विस्तार गर्दै जाने बताउनुभयो । “आवश्यकता परेपछि सोहीअनुसार क्वारेन्टिनमा श्यया सङ्ख्या बढाउँछौँ, श्यया सङ्ख्या मात्रै बढाएर हुन्न, सेवासुविधा पनि दिन सक्नुर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम गर्न नगरसभाका कारण आइसोलेसन निर्माणकार्य प्रभावित बनेको उहाँले बताउनुभयो ।

उता पाँचखाल नगरले भने केन्द्र तथा पोष्टको आग्रहअनुसार क्वारेन्टिन र आइसोलेसनकक्षको क्षमता विस्तार गर्दै जाने जनाएको छ । “दुवैका क्षमता विस्तारका लागि स्रोतसाधनको जोहो गर्दैछौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उक्त नगरका ४० श्ययाको क्वारेन्टिन तथा सात श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ भने हाल क्वारेन्टिनमा तेस्रो मुलुकबाट फर्किएका १४ स्थानीय बसिरहेका छन् ।

पोष्टका अनुसार हालसम्म तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २४५ नागरिक फर्किएका छन् । विश्वव्यापी रुपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तस्रो मुलुकबाट नेपाली स्वदेश फर्काउने क्रममा २४५ काभ्रेली फर्किएका हुन् । उनीहरूमध्ये हाल १८२ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टले जनाएको छ । तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेका काभ्रेलीलाई धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।

हालसम्म विदेशबाट आएकाहरू स्थानीय क्वारेन्टिनमा बसेका छन् । होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने जनाइएको छ । साथै तेस्रो मुलुकबाट आई आफैँ खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधासम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।

तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको छ । पोष्टका अनुसार हालसम्म भारतलगायत विदेशबाट फर्केका ६८२ पुरुष र १४३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द