Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काभ्रेको चौँरीदेउरालीको वडामै सुविधा सम्पन्न क्वारेन्टिन

By साझासवाल 5 मिनेट पढाइ

साउन २, काभ्रेपलाञ्चोक। चौँरीदेउराली गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरी कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि वडास्तरमै सुविधा सम्पन्न क्वारेन्टिन बनाउने जनाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आर्थिक वर्षको शुरुआतसँगै नौ वडामै क्वारेन्टिन व्यवस्थापन गरिने थालिने जनाइएको हो । वडास्तरमा क्वारेन्टिन नबन्दासम्म कारोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडामा आवश्यकताका आधारमा आधारभूत सुविधासहितको क्वारेन्टिन व्यवस्थापन गर्दै जानेछौँ ।” उहाँका अनुसार कोरोनालगायत महामारीको बढ्दो जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट छुट्याइएको छ । हाल पालिकास्तरमा ३० बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ ।

सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेतनामा विशेष जोड दिइने पनि गौतमले बताउनुभयो । “बजेट विशेष गरी स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमकतामा राखिएको छ”, गौतमले भन्नुभयो । साथै, गाउँपालिकाले ७० वर्ष उमेर कटेका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ७० वर्ष उमेर कटेका नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियालगायत उपचार निःशुल्क गरिने उल्लेख गरेको छ ।

गौतमले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकी तथा अस्पतालबाट उक्त सेवा दिइने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम, बजेट घोषणा कार्यक्रममा ७० वर्ष उमेर नाघेका नागरिकको सूची तयार गरी सामान्य रोगका लागिसमेत स्थानीय स्वास्थ्यकर्मीमार्फत उपचार गर्न प्रोत्साहन गरिने बताउनुभयो । ५ नम्बर वडामा प्रदेश सरकारको बजेटबाट १५ श्ययाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ ।

गौतमले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअन्तर्गत कृषि, सिँचाइ तथा पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकूद, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास कार्यान्वयनका लागि रु ५२ करोड ३५ लाख तीन हजार बराबरको बजेट पेश गर्नुभएको छ । रासस