2026-11-02 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

मदिरा निषेधित गाउँपालिका घोषणा, मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण प्रतिबन्ध

साउन ३, बनेपा । काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताउनुभयो । 

उहाँका अनुसार सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ । पालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीहरुलाई आग्रह गर्दै पसल व्यवसायीहरुले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।

यसअघि पनि वडा नं ५ ले सो अभियान थालनी गरेकामा अन्य वडाहरुमा निषेध नगर्दा समस्या देखिएको उल्लेख गर्दै वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले अब गाउँपालिकाले नै निषेध गर्ने निर्यण गरेकाले थप हौसला मिलेको बताउनुभयो । जिल्लाका १३ वटा पालिकामध्ये चौँरीदेउराली गाउँपालिकाले नीतिगत रुपमा नै मदिरा निषेध पालिको घोषणा गरेको यो पहिलो हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द