2026-06-17 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

साउन ३, बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।  दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उहाँको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । हेलिकप्टर उडानका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताउनुभयो ।

गोकुले स्वास्थ्य चौकीका इञ्चार्ज प्रवीण कुँवरका अनुसार सुत्केरी व्यथाका कारण साउन २ गते दिउँसो स्वास्थ्य चौकीमा ल्याइएको उहाँको उच्च रक्तचाप, व्यथा लामो हुनु, अग्रिम रक्तस्राव हुनु र पाठेघरको मुख नखुलिएका कारण तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था भएकाले आज गाउँपालिकाको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो । थोकरको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अध्यक्ष जिम्बाले बताउनुभयो । डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्सातका कारण बाटो अवरुद्ध भएर सवारीसाधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ