2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरनिको यातायात समितिका गाडी सञ्चालनमा

साउन ५, सिन्धुपाल्चोक। बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् ।

गत चैत ११ गते लागु भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्न भए पनि सर्वसाधारणको समस्यालाई केन्द्रित गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर मात्रै गाडी चढ्न पाइने छ । लामो समयपछि सञ्चालन भएको र मापदण्ड पूरा गरी यात्रु बोक्नु परेकाले सरकारले बसको भाडादर भने साविकभन्दा ५० प्रतिशतले वृद्धि गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई