राम नारायण पंडित/साउन १०, सिरहा । कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १०, सिरहा । कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसर"/>

2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उतरायणी मेला हेर्न गएको एक युबक कमला नदिमा बगेर मृत्यु, तीन बेपता

राम नारायण पंडित/साउन १०, सिरहा । कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसरमा  मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा ४ जना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदिमा बगेको प्रहरीले जनाएको छ । 

बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बेपता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरीलाई खोजी दिन आग्रह गरेको जनाएको छ । 

प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । 

खोजी कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ । यता,  शवको पोष्टमार्टमको लगि जिल्ला अस्पताल सिरहा पठाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द