सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित

साझासवाल
1 Min Read

<p><b>साउन ७, सिन्धुपाल्चोक। </b>अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा&nbsp; आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न सक्ने अवस्था छैन । साना सवारी साधन एकतर्फी रुपमा मात्रै पास गराइएको छ । सडक भासिएपछि सिन्धुपाल्चोक, दोलखा र&nbsp; रामेछाप&nbsp; आवतजावत प्रभावित भएको छ । अहिले स्थानीय तहको सहयोगमा&nbsp; सडक पुनःसञ्चालन गर्ने प्रयास भइरहेको प्रनाउ काफ्लेले बताउनुभयो ।</p><p>&nbsp;यस्तै अविरल वर्षापछि आएको बाढीपहिराले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि तत्कालै मर्मत गरेर सडक&nbsp; चलाउन भनिए पनि सडक कार्यालयले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको छ । सडक कार्यालय चरीकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि&nbsp; बिग्रिएपछि समस्या भएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । रासस&nbsp;</p>

Leave a Comment

Leave a Reply