2026-09-12 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

भेषराज बस्नेत । साउन १४, राँझा । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नं १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नं २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर  वडा नं ४ का लालपुर, धामपुर र भगवानपुर  वडा नं ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बुढाथोकीले बताउनुभयो ।

राप्तीसोनारीको ६ नं वडाका खल्लाटेपरी, गोडियनपुर्वा, वडा नं ७ का खल्ला झगडिया, वसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रहवा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका छन् । यसैगरी वडा नं ८ का बालापुर, पेरानी र वडा नं ९ का ढकेरी र महादेवा गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् ।

राप्तीसोनारी पछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदीपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर र जमुनी गाउँ बाढीको जोखिममा भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति बुढाथोकीले जानकारी दिनुभयो । रासस 

डुडुवा गाउँपालिका–१ को पिप्रहवा, कृषि चौफेरी, पाझा, खडैचा र टेपरी, वडा नं २ को सन्तलिया, अमृतपुर्वा, भेलोरपुर्वा, दासपुर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपुर्वा, कोहली र वडा नंं ३ को रमपुर्वा, कटैहया, हलकारापुर्वा, लोधपुर्वा र राजापुर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् । 

डुडुवा गाउँपालिका–४ का खालेमसाहा र लालापुर्वा, वडा नं ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र पर्दछन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले खजुरा गाउँपालिकाको वडा नं ५ र ६ का सातवटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ । 

वडा नं ५ र ६ का गिजरा, पुरैना, दसबिघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ हुन् । खजुरा गाउँपालिका–२ को गुराँसपुर पनि बाढीको जोखिमयुक्त गाउँमा पर्दछ । कोहलपुर नगरपालिकाको वडा नं १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल रोहिणी र डुडुवा खोलाको कटानका कारण जोखिममा रहेको केन्द्रले जनाएको छ ।

बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ । 

जानकी गाउँपालिकाको वडा नं १ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र्रले जनाएको छ । बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन स्थानीय तह र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्वतयारी गरेका छन् । 

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रोहिणी र डुडुवा खोलाको कटान रोकथामको लागि नगरपालिकाले अस्थायी तटबन्धन निर्माण गरी रोक्ने कार्य गरेको बताउँदै ठूलो क्षति पु¥याउने खतरा रहेकाले उद्धार तथा राहतको पूर्वसतर्कता र तयारी गरिएको बताउनुभयो । डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन कोहलपुर नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्वसूचनासहित पूर्वतयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । “बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ, उद्धार गरिएका व्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका व्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, “क्षति हुन नदिन सबै खालका उपाय अवलम्बन गरिएको छ ।” उहाँले पहाडी क्षेत्रमा भारी वर्षा भई बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोधसमेत गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह