पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बि"/>

2026-09-11 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लापर्बाहीले सुत्केरीको मृत्यु

पाँचथर, ११ साउन । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । 

ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् । तामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको बताइएको छ । 

साँझसम्म सालनाल नझरेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको छिमेकी पद्मा तामाङले जानकारी दिए । जुम्ल्याहा शिशुको भने स्वास्थ्य सामान्य रहेको बताइएको छ । मृतकका श्रीमान छ महिनाअगाडि वैदेशिक रोजगारीका लागि कोरिया पुगेका छन् । 

बर्सेनि दुई छोराछोरी जन्माइसकेकी उनको स्वास्थ्यावस्था कमजोर रहँदारहँदै पनि परिवारका सदस्यले समयमा अस्पताल नलाँदा मृत्यु भएको स्थानीय बताउँछन् । 

पाँचथर जिल्लामा सुरक्षित कार्यक्रम लागू भएको छ भने जिल्ला अस्पतालसहित ३० वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइँदै आएको भए पनि उपचार नपाएर बिरामीको ज्यान जानु दुःखद् भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत नारायण जोशीले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह