सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घ"/>

2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा बाढी पहिरोले नोक्सानी, ५ जना बेपत्ता ४ जना मृत फेला

सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया शृमति शोभा रिजालको मृत्यु भएको खबर छ।बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार,११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन।पुनको २८ बर्षिया छोरी पबित्रालाइ भने सकुसल उद्धार गरिएको छ।जिल्ला प्रहरिका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन। यो समाचार  तयार पार्दासम्म ४ ओटा शब झिमरुक नदि किनारमा फेला परेका छन। जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन्। झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ। लगातारको पानी र खोला ठूलो भएका कारण निकाल्न नसकिएको स्थानीयले बताए।

विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको उनको पनि सनाखत हुन सकेको छैन। त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन्।

बाढी पहिरोले बिनासै बिनास

भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा ठुलो क्षती पुर्याएको छ।बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन्। 

प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन्। स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ। स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए। स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं। ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।तर अहिले सम्मा मानबिय क्षतिको खबर भने न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। जोखिम क्षेत्रमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयले जनशक्ती परिचालन गरेको प्रहरी प्रमुख रन्जित सिह राठौरले बताए।त्यसै गरि  ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोकोउच्च जोखिममा छ।५ बर्श अघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो।उक्त सेफ्टी ट्याङ्किबाट बजारका  झन्डै १ सय ५० घरधुरिले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्याबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए।

जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन्।बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन्। झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द