साउन ११, सोलुखुम्बु । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ । 

बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, सोलुखुम्बु । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ । 

बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका"/>

2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाई सेवा पूर्ण रुपमा अवरुद्ध, दुई सय पर्यटक लुक्लामा

साउन ११, सोलुखुम्बु । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ । 

बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भए पनि उडान अवरुद्ध भइरहेको छ । 

काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस्थलमा पनि फाप्लु र लुक्लाबाट मात्र उडान भइरहेकामा त्यहाँ पनि अवरुद्ध भएको छ । 

यसबेला लुक्ला विमानस्थलमा सबै कम्पनीका गरी दैनिक पाँच/छ वटा उडानको तालिका भए पनि मौसम खराबीका कारण स्थगन गर्नुपरेको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए । 

शेर्पाका अनुसार उडान नहुँदा २०० भन्दा बढी विदेशी पर्यटक लुक्लामा रोकिएका छन् । मौसम खुल्ने आशामा उनीहरु बिहानदेखि विमानस्थलमा आउने र उडान स्थगन भएपछि होटलमा फर्कने गरेको होटल व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्केका उनीहरु खर्च अभाव भएको र स्वदेश फर्कने हवाई टिकटको मिति सकिन लागेको भन्दै चिन्तित छन् । 

विमानस्थल अवरुद्ध हुँदा सुर्के–जुभिङ हुँदै सल्लेरीसम्म पैदल यात्रा गरी त्यहाँबाट जिपमार्फत राजधानी फर्कने विकल्प भए पनि गत असार २२ गते सुर्केमा गएको पहिराका कारण पदमार्ग बगाएकाले पैदल यात्रा गर्न असहज छ । 

यता फाप्लु विमानस्थलमा पनि उडान नहुँदा विशेष गरी फाप्लु अस्पतालबाट अन्यत्र पठाइएका बिरामी मर्कामा पर्ने गरेका छन् । अन्य यात्रुका लागि भने सल्लेरी–काठमाडौँ सडक मार्ग सञ्चालनमा रहेकाले धेरै असहजता नभएको यात्रु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित