सिन्धुपाल्चोक भीषण पहिरो: हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

साझासवाल

साउन ३०, काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ ।  पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।

जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिनुभयो । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ । घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् । रासस

Leave a Comment

Leave a Reply