2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोक पहिरामा परेकाको उद्धारका लागि सभामुख घटनास्थलमा

साउन ३०, सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

लिदीमा फेरि झर्यो पहिरो

लिदीमा बिहान ६ बजे गएको पहिरामा परी  घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ । उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभयो । “घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ”, उहाँले भन्नुभयो । थप गएको पहिरामा कति क्षति भयो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो  । 

 लिदीबाट पहिलो चरणमा सिकिस्त घाइते भएका दुई महिला र दुई पुरूषलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट चौतारा ल्याई उपचारका लागि पठाइएको हो । अन्यको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई