<p>साउन ३२, प्युठान । स्वर्गद्वारी प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ । </p><p>मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । </p><p>उहाँको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।</p>
प्युठानमा पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
Leave a Comment

