2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

साउन ३२, बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।

जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न/नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् ।

यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमणको क्रम बढ्दै गइरहेको भन्दै शनिबारबाट अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै प्रकारका पेशा व्यवसाय पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको छ । त्यससँगै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कँदा विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट जारी भएका न्यूनतम स्वास्थ्य मापदण्डको पूर्णरूपमा परिपालन गर्नसमेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

पनौती नगरपालिकाले पनि अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट दैनिकरूपमा प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो ।

मण्डनदेउपुर नगरपालिकाले पनि अत्यावश्यक सामग्रीबाहेकका अन्य सेवा सञ्चालन गर्न रोक लगाएको छ । सूचना जारी गर्दै नगरपालिकाका अधिकृत मनोज अधिकारीले अत्यावश्यक वस्तु दूध, फलफूल, तरकारी, औषधि, इन्धन, पानीजस्ता सामग्री खरिदका लागि प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै दूध सङ्कलन गर्ने सङ्कलकलाई किसानको पालो तोकेर प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म मात्र भौतिक दूरी कायम गरी सङ्कलन गर्न आग्रह गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिकामा शुक्रबार पहिलोपटक तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ । सङ्क्रमण पुष्टि भएका तीन जना दुबईबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएको र समुदायमा घुलमिल नभएका कारण आतङ्कित नहुन नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले सबैमा अनुरोध गर्नुभएको छ ।

त्यसैगरी पाँचखाल नगरपालिकाले नगर क्षेत्रमा सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा  आजबाट आगामी भदौ ६ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक सेवा स्वास्थ्य, दूध, तरकारी, खाद्यान्नलगायतका वस्तु बिहान ६ देखि १० बजेसम मात्रै खुला रहने जनाएको छ । नगरभित्र रहेका वित्तीय सङ्घ/संस्था, होटल, रेष्टुरेण्ट, सैलुन, ब्युटीपार्लर र पार्टी प्यालेसलगायतका बजार पूर्णरूपमा बन्द गरिने जनाइएको छ । त्यससँगै न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगर उपप्रमुख लक्ष्मी दनुवारले नगरपालिकाको न्यायिक समितिको काम कारवाहीसमेत अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द