2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

राजकुमार पराजुली । भदौ १, काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । 

गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । यसमध्ये ३२ उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । हाल ४३ आइसोलेशनमा उपचाररत छन् । केही दिनदेखि कोरोना भाइरस समुदायमासमेत फैलिन थालेपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय गम्भीर बनेको पाइएको छ । 

विगत तीन दिनदेखि कारोना सङ्क्रमितसँग निरन्तर सम्पर्कमा रहेकाले आइतबारदेखि पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झासमेत एकान्तबासमा हुनुहुन्छ । “केही दिनदेखि निरन्तर सङ्क्रमितसँग सम्पर्कमा रहेकाले म हाल ‘सेल्फ क्वारेन्टिन’मा छु, अब कार्यालयको काम मोबाइल र इन्टरनेटबाट नै गर्छु”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमित बढिरहेकाले जिल्लाका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता भइसक्यो । 

काभ्रेका स्थानीय तहले पनि धमाधम आफ्नो क्षेत्रमा कोरोना सङ्क्रमित देखिदै÷बढ्दै गएपछि निश्चित क्षेत्र तथा मुख्य नाका सिल गरिरहेका छन् भने सूचनामार्फत स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन सार्वजनिक अपिल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलले पनि सूचना जारी गर्दै कारोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मानिसको जमघट, भेला भिडभाडबाट उक्त रोगको सङ्क्रमण फैलनसक्ने भएपछि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका बजार क्षेत्रमा आत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमीनार, छलफल र भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेपछि स्थानीय तहले सतर्कता अपनाउन आम नागरिकका आग्रह गर्न थालेका हुन् । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिलमा सङ्क्रमण दर दिनानुदिन बढिरहेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणको एकमात्रै उपाय स्वास्थ्यसुरक्षाको मापदण्ड अपनाउनु नै हो, यो जिल्लाका नागरिकले अपनाउनै पर्छ ।” उहाँका अनुसार जिल्लाका अन्य स्थानीय तहले सुरक्ष सतर्कता अपनाउन अपिल गरिरहेका छन् । 

त्यसो त, पछिल्लो समय तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्ने काभ्रेलीको बसाई अवधि सकिएपछि सङ्ख्या घटिरहेकाले रित्तिने अवस्थामा पुगेका छन् । तेह्र स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन श्यया व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ ।

पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा १०४ पुरुष र १६ महिला बसेका छन् । जसमध्ये बनेपा नपामा १६, धुलिखेलमा १९, पनौतीमा ११, पाँचखालमा छ, नमोबुद्धमा छ, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा २७, तेमालमा १४ र भुम्लुमा १२ जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौँरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिइसकेका छन् । 

छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९१५ पुरुष र १९१ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई