प्युठानमा बँदेल मार्न थापिएको करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

थापाको शव परीक्षणका लागि प्युठान अस्पताल बिजुवार ल्याइँदै गरिएको जनाइएको छ ।

August 17, 2020
प्युठान - PTN, समाज
प्युठानमा करेन्ट लागेर एक महिलाको मृत्यु
By साझासवाल
1 मिनेट पढाइ