2026-09-12 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा कोभिड—१९ रोकथाम

नीरज गौतम। भदौ ९, नेपालगञ्ज। विश्वमा फैलिएको कोरोना भाइरसको महामारीको प्रभाव मुलुकमा पर्न नदिन बाँकेवासीले सरकारले जारी गरेको सामाजिक नियम पालना गरेको पाइन्छ । “महामारीविरुद्धको यो लडाइँ हाम्रै लागि हो, सबैजना मिलेर यसको पालना गरेर नै यो महामारीलाई परास्त गर्न सकिन्छ”, नेपालगञ्जका प्रतिष्ठित व्यापारी नन्दलाल वैश्यले भन्नुभयो । 

बाँकेलाई अहिले खुकलो पारिएको छ । निषेधाज्ञाको अवस्था पनि छैन । स्थानीय प्रशासनले जारी गरेको पालना गर्नुपर्ने सामाजिक दूरीका नियम बाँकेवासीले पालना गरेको देखिन्छ । यदाकदा कसैले नियम उल्लङ्घन गरेको अवस्थामा जरिवानासहित कारवाहीको दायरामा ल्याउने गरिएको जिल्लास्तरीय कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको भनाइ छ ।

 धार्मिक, साम्प्रदायिक र जातीय सद्भावको यो जिल्लाका हिन्दू, मुस्लिम, सिख तथा इसाई धर्मका गुरुहरुसमेत बन्दाबन्दीले अप्ठेरोमा परेका नेपाली जनताको आँसु पुछ्न सहयोगी हात लिएर नेपाली जनताको घरदैलोमा पुग्ने गरेका छन् । नेपालगञ्जका मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी भन्नुहुन्छ, “यो कुनै धर्म, जात, समुदायसँग मात्र जोडिएको लडाइँ होइन, यो त मानव सभ्यतामाथिकै प्रहार हो । कोरोना भाइरसलाई परास्त गर्नु नै हाम्रो एक मात्र उद्देश्य बन्नुपर्छ ।”

धर्मगुरु मञ्जरीले भनेजस्तै कोरोना भाइरसका कारण आइपरेको जटिल परिस्थितिमा बाँकेमा सामाजिक सहिष्णुता र सद्भावका साथ अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले विभिन्न मानवीय गतिविधिहरु पनि सञ्चालन गरिरहेको छ । मञ्चका अध्यक्ष बागेश्वरी मन्दिर नेपालगञ्जका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मञ्जरी, सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह र इसाई धर्मगुरु बेञ्जामिन श्रेष्ठले कोरोना भाइरसले सिर्जना गरेको जटिल परिस्थितिमा सामाजिक र धार्मिक सद्भावका लागि सधैँ क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाउनु मात्र भएको छैन आआप्mनो समुदायमा सचेतनाका अभियान नै शुरु गर्नुभएको छ । 

बाँकेमा कोरोनाको प्रवेशलाई निस्तेज पार्न यहाँका प्रहरीहरुको कर्म पनि उदाहरणीय बनेको छ । दैनिक १२ घण्टा कर्म क्षेत्रमा खटिने प्रहरीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफूलाई एकपाइला भए पनि अगाडि राखेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना भन्नुहुन्छ, “मुलुक र मुलुकवासीको सुरक्षा नै नेपाल प्रहरीको पहिलो प्राथमिकता हो ।” उहाँका अनुसार बाँकेमा एक हजारभन्दा बढी प्रहरी र त्यही अनुपातमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 बाँकेका नागरिक अभियानकर्मी, अधिकारकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी, राजनीतिक दलका कार्यकर्ताहरु पनि कोरोनाविरुद्धको लडाइँमा कम्मर कसेरै लागेको पाइन्छ । प्रजिअ कुरुम्वाङ भन्नुहुन्छ, “सरकारको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन, सामूहिक मोर्चाबाटै कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकिने भएकाले सबैलाई सँगै लिएर हिँड्नै पर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह