नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदा"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अनुदान बढेपनि घटेन प्रवासीने दर

२०७३, १२ श्रावण बुधबार ०३:०९

नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदान,  प्रशस्त आमदानी नहुन, जनचेतनाको अभाव, विदेशप्रतिको आकर्षण र अनुदानको रकम राजनीतिक भनसुनका आधारमा वितरण हुनु जस्ता कारणले प्रवासीने युवाहरुको संख्यामा कमि आउन नसकेको हो ।

गएको आर्थिक वर्ष ०७२/०७३ मा मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीबाट ९ सय १८ जनाले राहादानी प्रमाणपत्र लिएका थिए भने १ हजार ५ सय ७८ जनाले दु्रत सेवाबाट राहादानी लिनको लागि सिफारीस लगेका थिए । जुन अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा १ सय ४० ले बढी हो । आर्थिक वर्ष ०७१÷०७२ मा ७ सय  ७८ जनाले जिल्ला  प्रशासनबाट राहादानी प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

उक्त राहादानी प्रमाणपत्र युवाहरुले भारत बाहेक अन्य खाडी मुलुकमा जानको लागि बनाएका हुन् । तर यहाँका ९५ प्रतिशत युवाहरुभने रोजगारीको सिलसीलामा भारतका विभिन्न ठाँउमा जाने गर्दछन् । 

अहिले जिल्लाका गाँउमा युवा पाउन मुस्किल छ । गाँउमा हुने विवाह, मलामि र अन्य सामुहीक कामहरु प्रभावित छन् । 

“नेपालमा धेरै खोजे रोजगारी, तर कुनै काम पाउन सकेन त्यसैले अहिले भारतमा रोजगारी गरीरहेको छु” बैतडीको गिरेगडा घर भई हाल भारतको मुम्बैमा रोजगारी गरीरहेका प्रवासी नेपाली संघका सदस्य नरेन्द्र कलौनीले भने । 

“राम्रै काम गरेको भएपनि अनुदान पाउने बेला नेताले सिफारिस गरेका कार्यकर्ताले मात्रै अनुदान पाउछन, किशानका लागि अनुदान त नाम मात्रैको हो” उनले दोहोर्याए । 

जिल्ला कृषिविकास कार्यालय बैतडीबाट स्वदेशमै कृषि उत्पादन गरी विदेशिने युवाहरुको दर घटाउने उद्देश्यले आर्थिक वर्ष ०७२÷०७३ मा अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा  १० प्रतिशतले अनुदान रकम बढेर आएको थियो । 

कार्यालयका अनुसार युवा लक्षित तरकारी खेतीमा ६० जना युवाहरुलाई ४० हजारका दरले, महिला लक्षित तरकारी खेतीमा २५ जनालाई ४० हजारका दरले अनुदान वितरण गरीएको थियो । जसमध्ये युवा लक्षित पुरानै कार्यक्रम हो भने महिला लक्षित नयाँ थपीएको अनुदान कार्यक्रम हो । 

कृषि कार्यालय मार्फत नै साना सिचाई कार्यक्रम अन्र्तगत जिल्लामा रहेका २७ किशानका समुहले १८ लाख, सहकारी साना सिचाई (एसकिम) कार्यक्रम अन्र्तगत २ समुहले ६ लाख बराबरको अनुदान पाएका छन् । 

कृषि तथा खाद्य सुरक्षा अयोजना कार्यक्रम अन्र्तगत २० किशानका सहकारी समुहले प्रतिसमुह ३ लाखका दरले जम्मा ६० लाख अनुदान पाएको जिल्ला कृषि विकास कार्यालय बैतडीका बरिष्ट कृषि विकास अधिकृत कमलेस तिवारीले बताए । उक्त अनुदान आर्थिक वर्ष ०७१/०७२ मा २ समुहले मात्रै पाएका थिए ।

तिवारीका अनुसार जिल्लाका ५ सय किशानहरुले भटमास प्रर्वधन कार्यक्रम अन्र्तगत भटमासको बिउ र बृहत्तर मकै विकास कार्यक्रम अन्र्तगत भटमास र मकैको बिउमा ७५ प्रतिशत अनुदान पाएका थिए । जस अन्र्तगत भटमास प्रर्वधन कार्यक्रममा ११ लाख र बृहत्तर मकै विकास कार्यक्रममा ७ लाख बजेट खर्च भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो