नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदा"/>

2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अनुदान बढेपनि घटेन प्रवासीने दर

नरी बडु/साउन १२, बैतडी । नेपाल सरकारले जिल्लामा, बैदेशिक रोजगारीमा जाने अर्थात प्रवासीने युवाहरुको दर घटाउन विभिन्न किसमका अनुदान कार्यक्रम लागु गरेपनि त्यसले प्रवासीले युवाहरुको दर भने घटेको छैन । 

तुलनात्मक रुपमा बढेपनि थोरै अनुदान,  प्रशस्त आमदानी नहुन, जनचेतनाको अभाव, विदेशप्रतिको आकर्षण र अनुदानको रकम राजनीतिक भनसुनका आधारमा वितरण हुनु जस्ता कारणले प्रवासीने युवाहरुको संख्यामा कमि आउन नसकेको हो ।

गएको आर्थिक वर्ष ०७२/०७३ मा मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीबाट ९ सय १८ जनाले राहादानी प्रमाणपत्र लिएका थिए भने १ हजार ५ सय ७८ जनाले दु्रत सेवाबाट राहादानी लिनको लागि सिफारीस लगेका थिए । जुन अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा १ सय ४० ले बढी हो । आर्थिक वर्ष ०७१÷०७२ मा ७ सय  ७८ जनाले जिल्ला  प्रशासनबाट राहादानी प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

उक्त राहादानी प्रमाणपत्र युवाहरुले भारत बाहेक अन्य खाडी मुलुकमा जानको लागि बनाएका हुन् । तर यहाँका ९५ प्रतिशत युवाहरुभने रोजगारीको सिलसीलामा भारतका विभिन्न ठाँउमा जाने गर्दछन् । 

अहिले जिल्लाका गाँउमा युवा पाउन मुस्किल छ । गाँउमा हुने विवाह, मलामि र अन्य सामुहीक कामहरु प्रभावित छन् । 

“नेपालमा धेरै खोजे रोजगारी, तर कुनै काम पाउन सकेन त्यसैले अहिले भारतमा रोजगारी गरीरहेको छु” बैतडीको गिरेगडा घर भई हाल भारतको मुम्बैमा रोजगारी गरीरहेका प्रवासी नेपाली संघका सदस्य नरेन्द्र कलौनीले भने । 

“राम्रै काम गरेको भएपनि अनुदान पाउने बेला नेताले सिफारिस गरेका कार्यकर्ताले मात्रै अनुदान पाउछन, किशानका लागि अनुदान त नाम मात्रैको हो” उनले दोहोर्याए । 

जिल्ला कृषिविकास कार्यालय बैतडीबाट स्वदेशमै कृषि उत्पादन गरी विदेशिने युवाहरुको दर घटाउने उद्देश्यले आर्थिक वर्ष ०७२÷०७३ मा अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को तुलनामा  १० प्रतिशतले अनुदान रकम बढेर आएको थियो । 

कार्यालयका अनुसार युवा लक्षित तरकारी खेतीमा ६० जना युवाहरुलाई ४० हजारका दरले, महिला लक्षित तरकारी खेतीमा २५ जनालाई ४० हजारका दरले अनुदान वितरण गरीएको थियो । जसमध्ये युवा लक्षित पुरानै कार्यक्रम हो भने महिला लक्षित नयाँ थपीएको अनुदान कार्यक्रम हो । 

कृषि कार्यालय मार्फत नै साना सिचाई कार्यक्रम अन्र्तगत जिल्लामा रहेका २७ किशानका समुहले १८ लाख, सहकारी साना सिचाई (एसकिम) कार्यक्रम अन्र्तगत २ समुहले ६ लाख बराबरको अनुदान पाएका छन् । 

कृषि तथा खाद्य सुरक्षा अयोजना कार्यक्रम अन्र्तगत २० किशानका सहकारी समुहले प्रतिसमुह ३ लाखका दरले जम्मा ६० लाख अनुदान पाएको जिल्ला कृषि विकास कार्यालय बैतडीका बरिष्ट कृषि विकास अधिकृत कमलेस तिवारीले बताए । उक्त अनुदान आर्थिक वर्ष ०७१/०७२ मा २ समुहले मात्रै पाएका थिए ।

तिवारीका अनुसार जिल्लाका ५ सय किशानहरुले भटमास प्रर्वधन कार्यक्रम अन्र्तगत भटमासको बिउ र बृहत्तर मकै विकास कार्यक्रम अन्र्तगत भटमास र मकैको बिउमा ७५ प्रतिशत अनुदान पाएका थिए । जस अन्र्तगत भटमास प्रर्वधन कार्यक्रममा ११ लाख र बृहत्तर मकै विकास कार्यक्रममा ७ लाख बजेट खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द