Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

कोरोनाको कहरले सुनसान छ बेनीको बजार

२०७७, १५ भाद्र सोमबार १०:१८

भदौ १५, गलेश्वर । बेनीको बजार, जता माया उतै छ नजर … किरेमिरे जाले रुमाल ।  

चर्चित यी  गीतमा हरफमा भनिए झैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको अभावमा सुनसान बनेको छ । पर्यटकको भीडले खचाखच हुने बेनी बजार कोभिड– १९ को सङ्क्रमणको त्रासले सुनसान बनेको हो ।

म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । 

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार  रहेको छ । कोभिड– १९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार अहिले पर्यटकविहीन हुँदा नरमाइलो लाग्न थालेको म्याग्दीका पत्रकार प्रताप बानियाँले बताउनुभयो ।

कोभिड– १९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि अहिले म्याग्दीका पर्यटकीय स्थान सुनसान छन् । बेनी बजारमा मायालुको जोडी देखिन छोडेको छ । व्यापार व्यवसाय ठप्प छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो । 

 पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । उहाँले भन्नुभयो, “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो ।  दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।”

 उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बाग्लुङ मुस्ताङ तिरको थोक बजार पारीबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिड नै कङ्क्रिडका भव्य घर ठडिएका छन् । अति महङ्गो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट शहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोवार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएकामा कोभिड १९ का कारण अहिले भने शून्यमा झरेको छ । होटेल र यातायात क्षेत्र ठूलो नोक्सानी व्यहोर्न बाध्य भएको छ ।

बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ रेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को  जनगणनाको तथ्याङ्कअनुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ । कोभिड– १९ को सङ्क्रमण शुरु हुनुभन्दाअघि गुलजार देखिने बेनीबजार अहिले सुनसान छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले यहाँको होटल, पर्यटन र व्यवसाय धरासायी भएको जानकारी दिनुभयो । दैनिक उपभोग्य वस्तुबाहेक अन्य कुराको व्यापार शून्यमा झरेको छ । मानिसमा चरम निरासा उत्पन्न भएको उहाँले बताउनुभयो ।

पर्यटकीयस्थल विगत छ महिनायता सुनसान छन् । प्रकृतिको वरदान पाए पनि यहाँका पर्यटकीयस्थल पर्यटक नपुगेपछि अभिशप्त बन्न बाध्य भएका छन् । पर्यटकीय मौसम शुरु हुनै लाग्दा पनि कोभिड–१९ को सङ्क्रमण नियन्त्रण हुने कुनै सङ्केत नदेखिँदा असोजदेखि मङ्सिरसम्म पनि यहाँका पर्यटकीयस्थल सुनसान नै रहने अनुमान गरिएको छ । यहाँका पर्यटकीयस्थल पर्यटकको पर्खाईमा रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश