साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जि"/>
2026-07-03 07:52 PM
प्युठान - PTN

प्यूठानको विपद्प्रति नेता गौतम र पोखरेलद्वारा दुःख व्यक्त

साउन १२, प्यूठान । जिल्लालगायत देशका विभिन्न ठाउँमा विगत केही दिन यतादेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका धेरै ठाउँमा जनधनको ठूलो क्षति भएको छ । 

अविरल वर्षाका कारण प्यूठानका विभिन्न नदी तथा खोलामा आएको बाढीले धेरै खेतीयोग्य भूमि कटान भएको छ । त्यसैगरी लुङ, फोब्ली, विजयनगर, खुङ, रजवारालगायतका ठाउँका गएको बाढी, पहिरोमा परी ३४ जनाको मृत्यु तथा ५५ जना बेपत्ता, करिब २०० घर गोठमा क्षति पु¥याएकोे खबरले मलाई दुखित बनाएको छ । 

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आज एक विज्ञप्ति जारी गरी यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन। 

यस प्रकोपको समयमा जिल्लामा रहेका सुरक्षा निकाय, जिल्लास्थित राजनीतिक दल, विभिन्न सामाजिक सङ्घ संस्थालाई सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्न पनि उनले अनुरोध गरे  । 

यसैगरी नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पनि आजै विज्ञप्ति जारी गरी बाढी, पहिरोजस्ता दैवी प्रकोपको नियन्त्रणमा समयमै सजग र सचेत रहन ध्यानाकर्षण गर्दै तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो