By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    10 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    10 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    10 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    11 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > भक्तपुर - BKT > चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा
भक्तपुर - BKTसमाज

चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा

साझासवाल
Last updated: September 4, 2020 8:46 am
साझासवाल
8 Min Read
Share

रमेश गिरी । भदौ १९, भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो । 

त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट स्थापना गरेको अस्पताल हो ‘भक्तपुर अस्पताल ।’ यसरी नेपालको जेठो वीर अस्पताल पछिको दोश्रो अस्पताल हो यो । देशकै दोश्रो जेठो अस्पताल भएपनि हरेक सरकारबाट उपेक्षित बन्दै आएको भक्तपुर अस्पतालमा ११६ वर्षपछि बल्ल सघन उपचार (आइसियू) सेवा शुरु हुने भएको छ । 

चन्द्र शमसेरले यो जिल्लाका साथै काभ्रेको बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना गराएको यो अस्पताल २०२८ सालमा ५० शय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार गरेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष मिलन सुवाल बताउनुहुन्छ । विसं २०३० मा बनेको भवनमा हाल सञ्चालन भइरहेको अस्पतालमा २०५८ जेठमा अमेरिकी सैनिक सहयोगमा आकस्मिक कक्षको निर्माण भयो भने विसं २०६१ भदौमा २५ शय्याको प्रसूति गृह थपगरी ७५ शय्यामा विस्तार निर्माण गरेको उहाँले जानकारी दिनुभयो । 

भक्तपुर अस्पतालको जग्गाभित्र अहिले तीन वटा अस्पताल सञ्चालनमा छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छन् । ‘चन्द्रलोक डिस्पेन्सरी’ को ऐतिहासिक भवनबाटै शुरु भएको भक्तपुृर क्यान्सर अस्पताल अहिले पनि क्यान्सरले भोगचलन गर्दै आएको छ । सरकारले भक्तपुर अस्पतालको लागि १०० शय्यामा बिस्तार गर्ने भन्दै बनाएको नयाँ अन्तरङ्ग भवनमा राष्ट्रिय प्रत्यारोपण केन्द सञ्चालनमा छ । अहिले यहाँका तीन वटै अस्पताललाई भवन निकै अभाव छ ।

अस्पतालकै जग्गामा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको भवन छ भने अस्पताल परिसरभित्रको जग्गामा भक्तपुर नगरपालिकाले आफ्नो जग्गा भन्दै निजी रुपमा पर्यटकीय शौचालय बनाएको छ । अलिकति खाली भएको जग्गामा अहिले कोभिड–१९ का विरामी र आईसियू वार्ड निर्माण गरेको छ । यसअघि राजनीतीकरण, भ्रष्टाचारको जालोमा बेरिँदै आएको आरोप लागेको भक्तपुर अस्पतालमा देशमा कोरोना सङ्क्रमण बढेसँगै बल्ल आइसियू कक्ष सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष नवराज गेलालले आइसियू सञ्चालन गर्न ल्याएका भेण्टिलेटरसहितको सामग्री थन्किएको पाँच वर्षपछि बल्ल प्रयोगमा आएको हो । 

भक्तपुर अस्पतालमा यसअघिका मेडिकल सुपरिटेण्डेन्ट डा.सुधा देवकोटालाई यहाँका सांसददेखि समितिका अध्यक्षसमेतले पटक पटक आइसियू सञ्चालन गर्न आग्रह गर्दा अटेर गरी थन्क्याएर राखेको आइसियूका सामान अहिले प्रयोगमा आएका हुन् । भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा सरुवा भई आउनुभएकी डा. सुमित्रा गौतमले वर्षौदेखि प्रयोगमा नआएका आइसियूका भेण्टिलेटरसहितका सामानहरुको प्रयोग गर्दै एकसाता भित्र आइसियू सञ्चालनमा ल्याउने गरी तयारी पूरा गरेपछि देशकै दोश्रो जेठो अस्पतालले स्थापनाको ११६ वर्षपछि आइसियू सेवाको शुरुआत गर्ने भएको हो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले यसअघि नै भक्तपुर अस्पतालमा विशेषज्ञ सेवादेखि आइसियू सञ्चालन गर्न पटक पटक भन्दा पनि चासो नदिएको अवस्थमा अहिलेको स्वास्थ्य सङ्कटको बेलामा भएपनि आइसियू सञ्चालनमा आउनु खेशीको कुरा भएको बताउनुभयो । भक्तपुर अस्पताललाई यहाँका विरामी मात्रै नभई काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकदेखि पूर्वका जिल्लाका अधिकांश विरामीको केन्द्र अस्पतालको रुपमा विकास गर्न आफूले पहल गरिरहेको बताउदै उहाँले पूर्वका धेरै जिल्लासँगै वागमती प्रदेशका जिल्लाका मुख्य अस्पतालको रुपमा विकास गर्दै यहाँका नागरिकलाई सहज र सुलभ उपचार दिने गरी विकास गर्नु आवश्यक रहेको बताउनुभयो । 

सांसद बस्नेतले भन्नुभयो, “भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई एकै ठाउँमा ल्याएर भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन यसअघिदेखिका सरकार र स्वास्थ्य मन्त्रालयसँग मैले पहल गरेको छु, प्रत्यारोपण केन्द्रका लागि ठाउँ अभाव भएकाले अस्पताल अन्त बनाउन जग्गा लिन म लागिरहेको छु, यहाँका अस्पताललाई नयाँ स्वरुपमा लगेर सबै उपचार यहीँ हुनेगरी लागिरहेको छु ।”

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर अस्पताललाई प्रदेश अस्पताल नभई केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज बरालसँग समन्वय गरेर रु. १ करोड ५० लाखको बजेटमा आइसियू स्थापना गर्न सामान ल्याएको भए पनि कमिसनमा लागेका कर्मचारीले आइसियू सञ्चालन गर्न चासो नै दिएनन्, मैले आइसियू सेवा सञ्चालमा ल्याउन ठाउँ पनि तयार पारेँ, आइसियूका लागि पाँच शय्याको बेड, तीन भेण्टिलेटर, अपाङ्गमैत्री भर्याङ्ग र अन्य बहिरङ्ग सेवा थप गराएँ, डा.सुधा देवकोटाले आइसियू चलाउनै चाहनु भएन तर अहिले भक्तपुर अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”

सरकारले कोरोना अस्पतालका रुपमा तोकेपछि भक्तपुर अस्पतालले पाँच वटा भेन्टिलेटरसहित छ शय्याको आइसियू र कोरोना सङ्क्रमित राख्ने १५ शय्याको आइसोलेसन र १० शय्याको कोरोनाका सामान्य विरामी राख्ने आइसोलेसन तयार गरेकोे मेसु डा. गौतमले बताउनुभयो । यसका लागि अस्पतालले माग गरेको नयाँ जनशक्ति केही दिनमा पदपूर्ति गर्ने र तत्काललाई राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालसमेतको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याउने गरी जनशक्तिको व्यवस्था गरिएको छ । डा. गौतमले भन्नुभयो–“स्वास्थ्य आपतकालीन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट एक समूह बनाएर काम गर्नेगरी आइसियू र आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेका हौँ ।”

वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिँदै आइसियूका लागि थप एक शय्या र दुईवटा भेण्टिलेटर प्रदेशबाट पठाएको उहाँले बताउनुभयो । मेसु डा. गौतमले भन्नुभयो, “भक्तपुर अस्पतालको आइसियू, आइसोलेसन, खरिपाटीको आइसोलेसनमा मानव अङ्गका प्रमुखको नेतृत्वमा जनशक्ति परिचालन गरिएको छ । हाल खरिपाटीस्थित आइसोलेसनमा १२ जना, भक्तपुर अस्पतालमा ६ जना जनशक्ति परिचालन छन् । यस्तो सङ्कटको बेलामा यहाँका तीन अस्पतालले एकैसाथ हातेमालो गर्दै सेवा सञ्चालनमा लागेका छौँ । यसले पक्कै राम्रो परिणाम दिन्छ ।”

अस्पताल आएका कुनैपनि विरामी उपचार नपाई फर्किनु नपरोस भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवालाई भने सूचारु गरिरहेको छ । भक्तपुर अस्पतालमा कोरोना सङ्क्रमित विरामीको उपचार गर्ने भएकाले बहिरङ्ग (ओपिडी) सेवा लिन यहाँ आउने विरामीलाई प्रत्यारोपण केन्द्रबाट सेवा दिने, आकस्मिक सेवा २४ सै घण्टा सञ्चालन गर्ने र प्रसूति वार्ड पनि बन्द नगर्ने नीति लिएको उहाँले बताउनुभयो । मेसु डा.गौतमले भन्नुभयो, “कोभिड र ननकोभिडका विरामी एउटै अस्पतालमा उपचार गर्दा जोखिम बढ्न सक्छ, त्यसैले भक्तपुर अस्पताललाई कोभिड मात्रै उपचार गर्ने कि भनेर छलफल चलाएका छौँ, आवश्यक पर्दा यहाँका ७५ शय्यासमेतको प्रयोग गरी १०० शय्याको कोभिड अस्पताल बनाउन तयार छौँ ।”

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. प्रेम ज्ञवालीको नेतृत्वमा जिल्ला विपद व्यवस्थापन समितिले कोरोनाका विरामी व्यवस्थापन गर्न गठन गरेको समितिको संयोजक तोकेर सङ्क्रमितको उपचारको व्यवस्था गरेको छ । डा. ज्ञवालीका अनुसार भक्तपुरका विरामी अन्त जान नपरोस भनेर योजना बनाएको बताउँदै तीनवटै अस्पताल मिलेर आइसियू र अन्य सेवा सञ्चालनका लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको व्यवस्था गरेको बताउनुभयो । 

भक्तपुर अस्पतालमा आएको शल्यक्रिया अब प्रत्यारोपण केन्द्रमा गरिने, खरिपाटी र भक्तपुरको आइसोलेसनका स्वास्थ्य जनशक्ति परिचालनको काम भइरहेको बताउनुभयो । यहाँका तीनवटै अस्पतालको समन्वयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा आइसोलेसन, क्वारेन्टिन थप गर्ने कार्य भएको जानकारी दिदै दुवकोटस्थित केएमसी अस्पतालमा ५० शय्याको कोभिड हव अस्पताल बनाइने बताउनुभयो । यसका लागि सरकारले तत्काल सामग्रीसहितको व्यवस्थापन गर्ने कार्य गरेको जानकारी दिँदै सानोठिमीस्थित टिआइटिआई, यूसेप र बोडेको कृषि विकास बैंक तालिम केन्द्रको होस्टेल गरी २०० श्ययाको एकीकृत क्वारेन्टिन एवं आइसोलेसन तयार पारेको जानकारी दिनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एक बालिकासहित दुई नेपाली महिलाको भारतबाट उद्दार
Next Article सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

विश्वकपमा खराब प्रदर्शनबीच खेलकुद मन्त्रीले गरे श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

57 years ago
भक्तपुर - BKTललितपुर - LLTस्वास्थ्य

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो हुने

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीको सदरमुकाम परासीका सयौ डुबान हजारौं घर विहिन

57 years ago
समाजस्याङ्गजा - SNJ

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?