2026-09-11 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा

भदौ २२, मनाङ । मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो ।

यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो । सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहँुदासम्म अस्पताल सिल गरिएको थियो । भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ । 

स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब सङ्कलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो । उहाँका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ । जिल्लाको एक मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उहाँले बताउनुभयो ।

अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि चार जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ । एक जना चिकित्सकलगायत सात जना करारमा कार्यरत चिकित्सक छन् । चार जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट