२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी : निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

२०७७, २२ भाद्र सोमबार ०५:३४

भदौ २२, बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ ।

यस्तै सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ । यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु ।”

सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ ।

यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो । बैतडीमा हालसम्म ३७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

एक हप्ता लम्बियो निषेधाज्ञा

डोटी : जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजे सम्म लागु भएको निषेधाज्ञा गए राती १२ बजे सकिएपछि निषेधाज्ञाको समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरूपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ