2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा एकैदिन ७९ जनामा कोरोना संक्रमण

असोज ७, काभ्रेपलाञ्चोक । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । 

पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ ।

नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको सङ्क्रमण रोक्ने प्रयास भइरहेको जनाइएको छ । यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

जिल्लामा हालसम्म ५४१ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन् । १९५ सक्रिय सङ्क्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई