अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालक"/>
2026-07-03 07:51 PM
रौतहट - RTH

रौतहटमा अबैध रुपमा मदिरा बिक्रीवितरण गर्ने १३ जना पक्राउ

अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।

बुधवार गौर भन्सार देखि कविर चौकसम्मका होटलहरुमा घरेलु तथा साना उधोगबाट इजाजतपत्र लिएको तर आन्तरिक राजशव विभागमा कर भुक्तानी नगरेको अनुगमनका क्रममा पाइएपछी १३ जना होटल संचालकहरुलाइ नियन्त्रनमा लिएको हो ।

प्रहरीले जताभाबी बिना अनुमतिपत्र लिइ रक्सी बेच्ने होटलहरुलाई रोक लगाएको छ । होटलमा रक्सी खाने व्यक्तिहरुबाट मनोमानी ढंगले रकम अशुल्ने र रति अबेरसम्म होटल बन्द नगर्नेहरुमाथि कारवाही समेत गरिने बताएको छ ।

भारत राज्य विहारमा रक्सी बिक्रीवितरणमा विहार सरकारले रोक लगाएपछि सिमाना क्षेत्रका गाउघर र आसपासका बजारहरुमा धमाधम छाप्रो बनाइ खुला देखि बोतलका रक्सी बिक्री गर्नेको संख्या बढिरहेको छ ।

यस्तै पक्राउ पर्नेमा गुड्डु कुमार मण्डल , श्याम  कुमार कुश्वाहा, पृतम दास , गौरी शंकर साह , संजय दास ,रमेश कुमार पौडेल ,राकेश कुश्वाहा , जितेन्द्र केशरी ,विजय साह ,राजेश्वर प्रसाद चौधरी, जनक दास, राकेश कुमार मण्डल, प्रमोद साह रहेका छन् । उनीहरुलाई अनुसन्धान गरि कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहट सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो