2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी : चालकमा कोरोना, नगरपालिका सिल

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि  नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक असोज १३, बैतडी (रासस) । बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी  दिनुभयो । 

उहाँँँले भन्नुभयो, “सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट््याक्ट टे«सिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो ।” नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य र आकास्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । 

सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने भएका छन् । यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरुपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउनजान पनि रोक  लगाइएको छ । मेलौलीमा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्र सक्रिय सङ्क्रमित छन् ।

आज थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका दुई र दशरथचन्द नगरपालिकाका एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी, मेलौली नगरपालिका–८ का ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय पुरुष रहेका छन् । 

सङ्क्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य दुई जना भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो । यो सँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । एक जनाको भने कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९, दोगडाकेदार गाउँपालिकाका ४६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द