2026-09-01 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्गमा २५ घर विस्थापितहरुको भाग–दौड र रुवावासी, औषधी, खाद्यन्न र पिउने पानीको अभाव

प्रेम सुनार | साउन–१४, गुल्मी । गुल्मीको अति विकट गाउँ माध्येको दर्लिङ्गको दुनाम गाउँका वासिन्दा अविरल वर्षा संगै चारै तिरबाट आएको पहिरोले  घरबाट विस्थापित गरेपछि  सञ्चार माध्यमसंग हार–गुहार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालका अनुसार दर्लिङ्गको वडा नम्वर २ र ३ मा गरी १९ घर विस्थापित भएर कोही छिमेकी गाउँ त कोही खुल्ला आकसमुनी बस्ने बाध्य भएका छन् । तर स्थानियवासी रविन्द्र  बिश्वकर्माले २५ घर विस्थापित भएको र पौंदीअमराई प्रहरीचौकीबाट आएका दुई जना प्रहरी वाहेक आफुहरुको  उद्धारका लागि अरु कोही नभएको बताएका छन् ।

त्यहाँ खटिएका पौदीअमराई प्रहरी चौकीका प्रहरी हवल्दार राजेश नेपालीका अनुसार दर्लिङ्ग २ का वलबहादुर बिक, नरबहादुर राकाशकोटी, चुरामणी राकशकोटी, कृष्ण बिक, काशीराम लोहारको घर पहिरोले बगाएर विस्थापित भएका छन् ।

त्यस्तै वडा नम्वर ३ का शशीराम बिक, दिलबहादुर बिक, मिना बिक, लिलबहादुर बिक, झमाने बिक, धनबहादुर बिक, प्रेम घर्र्ति , शशीराम घर्ति , लिलबहादुर घर्ति, डिलबहादुर घर्ति, यमबहादुर घर्ति, रमा थापा, ढालबहादुर घर्ति , अनिता घर्ति, खड्ग बिक, रविन्द्र बिक , मनबहादुर घर्ति सहित २५ घरधुरी विस्थापित भएको स्थानिय रविन्द्र बिश्वकर्माले बताए  ।

गुल्मीको दर्लिङ्गको वडा नम्वर २ र ३ मा रहेको दुनाम गाउँ त्यस गाविसका लागि समेत विकट गाउँ भनेर चिनिन्छ । सदरमुकाम तम्घासबाट  ३६  किलो मिटर दुरीमा पर्ने दर्लिङ्ग गाविस कार्यालयबाट दुनाम गाउँ पुग्न दुई देखि ३ घण्टा सम्म लाग्ने गर्दछ । त्यस गाउँमा  अहिले सम्म मोटरबाटो पुगेको छैन् ।

अधिकांस  गरिव , दलित वस्ती रहेको दुनाम गाउँवासी सरकारी निकाय र दलका नेताहरुबाट समेत सौतेलो व्यवहार सहन बाध्य भएको  गुनासो गर्दछन् ।   पुरुषहरु अधिकांस भारतमा मजदुरी गर्न हिडेका छन् ।  अहिले घर पहिरोले बगाउँदा  विशेष गरी त्यहाँका अधिकांस महिलाहरु विचल्लीमा परेका छन् ।

पहिरोले घर संगै अन्न पात लुगा कपडा बगाउँदा त्यहाँ खाद्यन्नको समेत अभाव भएको छ ।  मानविय क्षति नभए पनि  थुप्रै  चौपाय मरेका छन् र ठुलो मात्रमा भौतिक क्षति भएको छ । चारै तिर पहिरोले घेरे पछि अर्को  सुरक्षित स्थानमा जान समेत मुस्कीले परेको स्थानियले बताएका छन् ।

त्यहाँका विक्रम बिश्वकर्मा संग टेलिफोन सम्र्क गर्दा महिला र वालवालिकाहरुको रुवावासी थियो । गाई भैंसी र मानिसहरुको  भागाभाग र चिच्चाहटले  दर्दानाक अवस्था रहेको बुझ्न सकिन्थ्यो ।   बिश्वकर्माले टेलिफोनमा गला अवरुद्ध पार्दै भने–‘ दुई जना पुलिस सरहरुले सके जती सहयोग त गर्नु भएको छ तर माथी गाविस कार्यालयका मान्छे र दलका नेताहरुले खासै वास्ता गरेका छैनन् ।

दलित वस्ती भएकोले यहाँ अघि पछिका दिनमा समेत खासै वास्ता गरिन्न ।  यति वेला यस गाउँमा खाने खर्च छैन् । पहिरोले मुहान वगाउँदा खानेपानीको समेत अभाव भएको छ ।    वालवालिकाहरु पानीले रुझेर रुघा–खोकी र कसैलाई ज्वरो आएको छ तर औषधी छैन् । यि कुराहरुमा सम्वन्धीत निकायको ध्यानकृष्ट गराई दिनु प¥यो । ’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र