२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

२०७७, २५ आश्विन आईतवार १४:३९

असोज २५, सप्तरी । यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताउनुभयो ।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । 

रुपनी बन्द

रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गाउँपालिकाका कम्प्युटर सहायक र कार्यालय सहायकमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयो । 

यही असोज २१ ४ नं वडाध्यक्षमा कोरोना पुष्टि भएको थियो । राजविराजस्थित प्रयोगशालामा आज गरिएको परीक्षणमा वडाध्यक्षका छोरा र छोरीमा समेत सङ्क्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार गत बिहीबार मृत्यु भएका आठराई गाउँपालिका, तेह्रथुममा कार्यरत सबओभरसियर रुपनी–१ का ३७ वर्षीय पुरुषका श्रीमती, साला र भिनाजुमा समेत आज कोरोना सङ्क्रमण देखिएको छ । 

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोनाको जोखिम बढेकाले  सबै कर्मचारीको पिसिआर परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा