पढ्न करिब 1 मिनेट लाग्छ

साउन १५, बनेपा । काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस–६ मा आज एक घर पुरिदा एक बालिकाको मृत्यु भएको छ ।

पहिरोले कान्छा विककी ७ वर्षीया छोरी सजिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले पहिरोले पुरिएर कान्छकी १० वर्षीया जेठी छोरी सविता घाइते भएको जानकारी दिए । सो घटनामा कान्छाकी श्रीमती लक्ष्मी विक सामान्य घाइते भएकी छिन् । रासस