2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कोभिड–१९ महामारीका बीच आयुर्वेदिक उपचारमा आकर्षण

कात्तिक १५, बैतडी । कोभिड–१९ महामारीकाबीच  पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । 

आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।” उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेका छन् ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको दशरथचन्द नगरपालिका–१ का रामदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाथरोग, पायल्स लगायतका रोगको उपचारका लागि आयुर्वेदिक उपचार पद्धति लाभदायक रहेको छ ।” जिल्लाको मेलौलीका साथै दशरथचन्द नगरपालिका–१ मुस्याचोर र दशरथचन्द नगरपालिका–४ शाहीलेकमा पनि आयुर्वेद औषधालय रहेका छन् । ती ठाउँबाट पनि विभिन्न रोगहरुको उपचार हुने गरेको छ ।

बैतडीको मेलौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ । जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सक विहीन रहेको केन्द्रका सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । आयुर्वेद चिकित्सक नहुँदा क्षार सुत्र कर्म, पायल्सको उपचारलगायत सेवाहरु प्रभावित भएको छ । उहाँले भन्नुभयो, “ चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्दैनन् । यसले सेवाग्राहीलाई मार परेको छ ।”

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ति सेवालाई प्रभावकारी बनाउन सकेको छैन । उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ । चिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।” तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएको स्थानीय केशवसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभया,े “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवा पाइरहेका छैनौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द