२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

२०७७, १६ कार्तिक आईतवार ०२:१७

कात्तिक १६, बैतडी । बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।

“असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७ ओटा नमूना सङ्कलन गरिएका छन्, ती खाद्य वस्तुका नमूनाको प्रयोगशालामा गुणस्तर परीक्षण गरिने र गुणस्तरीय नपाइए कारवाही हुन्छ”, उहाँले भन्नुभयो ।

यसअघि चार ओटा नमूना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा रहेको लेखकले जानकारी दिनुभयो । असोजभन्दा पहिले सङ्कलन गरिएका १५ नमूनामध्ये चार ओटा तोकिएको मापदण्डानुसार नपाइएको उहाँले बताउनुभयो । उहाँँले भन्नुुभयो, “दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालय बैतडीमा मुद्दा दायर गरिएको छ र अन्य दुई अनुसन्धानको क्रममा छन् ।” 

आठ लाखको अखाद्य वस्तु नष्ट 

बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा रु सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको थियो । संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो । 

उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै । बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।”

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ