पढ्न करिब 1 मिनेट लाग्छ
<p>कार्तिक १८, बैतडी | बैतडीको मेलौलीमा लौरो र हतियार प्रहार गरी एउटा गाईको हत्या गरिएको छ | मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो ।<br></p><p>सोमबार राति गोठमा बाँधिराखेको गाईको हत्या गर्ने स्थानीय ३२ वर्षीय अशोक विष्ट फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए |</p><p>उनका अनुसार गोठमै गएर गाईको हत्या गरेको भन्ने उजुरी आएको हो | फरार रहेका विष्टमाथि गौहत्याविरुद्धको मुद्धा दर्ता गरेर कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ |</p>

