2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण फैलँदो

कार्त्तिक १८, काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उहाँ ढुङ्खर्कस्थित होम आइसोलेशनमा हुनुहुन्छ । उहाँले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहनुभएकामा सतर्कताको अपिल गर्नुभएको छ । 

पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै हुनुहुन्छ । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिरहनुभएको छ । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै हुनुहुन्छ । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त हुनुभएको छ ।

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । हालसम्म सङ्क्रमित हुनेमा स्थानीय तहका चार प्रमुख हुनुहुन्छ । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् ।

“जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उहाँहरुलाई स्वास्थ्य–सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार यसअघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । सहायक प्रजिअ लक्ष्मीदेवी होमागार्इंले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअलगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकको सेवा यही कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख गर्नुभएको छ । 

यसैबीच काभ्रेपलाञ्चोकमा सोमबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक हजार ७७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २२६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् २२९ बनेपा नगरका हुन् । धुलिखेलमा ११०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ–छ, तेमालमा तीन तथा भुम्लु,  महाभारत, खानीखोला र   चौँरीदेउरालीमा एकएक सङ्क्रमित छन् । 

हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द