Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

<p>कार्तिक १८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–३ का एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ&nbsp; | पछिल्लो २४ घण्टामा&nbsp; सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा&nbsp; कैलालीका १७ सहित सुदूरपश्चिममा थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो |<br></p><p>अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर&nbsp; ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा नम्बर २, ३ र ७ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ |</p><p>यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, र दार्चुलाको महाकाली नगरपालिका खलंगाकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो |</p>