Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 13, 2020 बैतडी - BTD, समाज

बैतडी बस दुर्घटना अपडेट : ७ जनाको सनाखत,घाइते ३४ मध्ये ८ को अवस्था गम्भिर

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २८, बैतडी | बैतडीको  खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन | बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनाहुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो |

मृतक ९ जना मध्ये ७ जनाको सनाखत भएको छ,भने,दुई जनाको सनाखत हुन् बाँकी छ | सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्की रहेका छन |

दुर्घटनामा घाइते ३४ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले जानकारी दिए | घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ |

दुर्घटनामा चालक र सहचालक पनि घाइते रहेको प्रहरीले जनाएको छ | दुर्घटनाको कारण भने खुलेको छैन |