Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 13, 2020 बैतडी - BTD, समाज

बैतडी बस दुर्घटना : मृतक ९ जनाकै सनाखत (नामावली सहित )

By kit 3 मिनेट पढाइ

कार्तिक २८, बैतडी | गए राति बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ | मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् |

यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ |

दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का विज्ना धामी, धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ |

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ | बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो |

त्यस्तै बसका चालक  बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् |  क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ |