Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
November 13, 2020 बैतडी - BTD, समाज

बैतडीमा फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु

By kit

<p><b>कार्तिक २८, बैतडी | </b>बैतडीमा फेरी ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामापरि चालकको मृत्यु भएको छ | जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो |<br></p><p>लु ४ प ६१७१ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ | प्रहरीका अनुसार घटनाबारे थोप अनुसन्धान भइरहेको छ | बिहिबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो | दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो |</p><p>भने दुर्घटनामा ३४ जना घाइते भएका थिए |</p>