2026-11-02 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी बस दुर्घटनामा मृत्यु भएकाको शव बुझाइयो

कात्तिक २९, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुईजनाको ज्यान गएको थियो । 

शुक्रबार साँझ शव परीक्षण गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति भएको यात्रुवाहक बस दुर्घटनामा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरीको मृत्यु भएको थियो ।

यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो । मृतक सबैको शव आफन्तलाई बुझाइएको छ ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीमा उपचार भइरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नंको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । बस सडकबाट ६०० मिटर तल खसेको थियो ।

यसैबीच बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही रु ५० हजारका दरले किरिया खर्च उपलब्ध गराइएको प्रालिका प्रबन्धक वीरेन्द्रबहादुर शाहले बताउनुभयो । 

चालक प्रहरी नियन्त्रणमा, सवारी ज्यान मुद्दा 

नौ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति भएको बस दुर्घटना प्रकरणमा अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दोगडाकेदार गाउँपालिका–७ खोचलेक घर भएका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनभयो ।

दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार नियन्त्रणमा लिइएको हो । उहाँले भन्नुभयो, “कानूनी रुपमै प्रक्रिया अगाडि बढाएका छौँ, नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेका छौँ ।” नियन्त्रणमा लिइएका चालक आफैँ साहुसमेत रहेका हुन् । 

यसैबीच बैतडीमा नौजनाको ज्यान गरेर बस दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षहरूबीच सवारी दुर्घटना न्यूनीकरणका विषयमा छलफल भएको छ । यातायात व्यवसायी र अन्य सरोकारवाला पक्षहरूबीच छलफल भएको हो । चालकहरूलाई समेत सवारी दुर्घटना न्यूनीकरणका विषयमा प्रशिक्षण दिने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । ट्राफिक नियम र दुर्घटना न्यूनीकरणका विषयमा चालकलाई प्रशिक्षण दिने तयारी भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द