२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

४७९ जनाले कोरोना जिते

२०७७, ६ मंसिर शनिबार ०२:२७

मङ्सिर ६, बैतडी | बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।  

यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन् । यसका साथै  पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन् । सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो । 

जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा छ, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रिय सङ्क्रमित शून्य भइसकेका छन् । हालसम्म बैतडीका छ हजार ४८२ को पिसिआर परीक्षण गरिएको छ । 

कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै 

तिहार सकिएलगत्तै कार्यथलो फर्कनेको सङ्ख्या बढ्दै गएको छ । दशैँ र तिहारका लागि घर फर्किएका बैतडीका नागरिक कार्यथलो फर्कन थालेका हुन् । जिल्लाका विभिन्न राजमार्गमा हाल सवारी साधन यात्रुको घुइँचो लाग्ने गरेको मुस्याचौरका व्यापारी मानबहादुर टेरले बताउनुभयो ।  कोरोना कहरका कारण विगतका वर्षहरुमा जस्तो भीडभाड नभए पनि फर्कनेको सङ्ख्या भने साधारण अवस्थाको भन्दा बढी रहेको  टेरको भनाइ छ । 

विभिन्न रोजगारीका सिलसिलामा रहेका तिहार सकिएलगत्तै आफ्नो कर्मथलो फर्किन थालेका हुन् । यसका साथै पढाइका लागि जिल्ला बाहिर रहेका पनि फर्करहेका हुन् ।  कोरोना कहरका कारण गत विगतको जस्तो दशैँ र तिहारको रौनक पनि नभएको उनीहरुको भनाइ रहेको छ । अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डको पालना गर्दै यात्रा गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै