मङ्सिर १२, गुल्मी | गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने,३ घाइते भएका छन् | शुक्रबार बिहान गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ मा जिप दुर्घटना भएको हो |

इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुम्मीका एसपी प्रविणलाल श्रेष्ठ जानकारी दिए | उनका अनुसार जिपमा नौ जना सवार रहेका थिए |

दुर्घटनामा इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ |

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् | चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ |

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लागिएको उनले बताए |

गुल्मीमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ३ घाइते
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment