प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुस"/>
2026-09-01 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा नगरपालिकामा अव अरु गाविस पनि थपिने

प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुसारको जन संख्या नपुगेका कारण यस्तो हु गएको जिल्ला विकास समितिले जनाएको छ ।

सदरमुकाममा रहेको नगरपालिकाको लागि ४५ हजार जनसंख्या चाहिन्छ जिल्ला विकाय समितिका कार्यक्रम अधिकृत तथा सुचना अधिकारी शंकरप्रसाद गौतमले भने –‘तर अहिले रेसुङ्गा नगरपालिका भित्र जम्म २८ हजार मात्रै जन संख्या रहेकोले यसका छिमेकी गाविसहरु  यस नगरपालिका भित्रका छिमेकी गाविसहरु  गाभ्नु पर्ने भएको छ । ’

गौतमले पराल्मी, गौंडाकोट , वलिथुम  , नयाँगाउँका केहि वडाहरुलाई रेसुङ्गा नगरपालिका भित्र गाभ्न सकिने बताए ।

रेसुङ्गा नगरपालिका  वाहेक सदरमुकाम वाहिर नगरपालिका बनाउन परेमा जन संख्या  ३५ हजार जनसंख्या चाहिने गौतमले जानकारी दिए । त्यस्तै  गाउँपालिका स्तरको स्थानिय निकायका लागि  २५ हजार जनसंख्या चाहिने  बताईएको छ ।  आयोगले गुल्मीलाई बढिमा ९ वटा स्थानिय निकाय बनाउन निर्देशन दिएको र त्यो भन्दा बढि बढाउन नमिल्ने गौतमको भनाई छ ।

हालै नेकपा माओवादी केन्द्र एक नगरपालिका सहित १४ वटा स्थानिय निकाय बनाउनु पर्ने प्रस्ताव अगाडी सारेको प्रति संख्या त्यति बनाउन नसिकए पनि स्थानिय निकाय  गठनमा मद्धत्त भने पुगेको गौतमले प्रतिकृया दिए ।

भने–‘  मैले उहाँहरुले प्रस्ताव हेंरे निकै मेहनत गर्नु भएको  रहेछ संख्उया बढाउन नमिले पनि अन्य कुरामा त्यसले मद्धत्त भने पुराउन देखिएको छ । उनले सवै दलहरु संग छलफल गरेर स्थानिय निकाय निर्धारण गरेर माथी पठाईने र नामकरण केन्द्रले नै गर्ने जानकारी दिए ।

उनले अधिकार अव जिल्लामा नरहने र शक्तिशाली  स्थानिय निकायहरु नै हुने बताउँदै नेपाली जनताले २००७ साल देखि गरेको आन्दोलन माओवादी जनयुद्ध समेतको वलिदानीले नेपाली जनताको सपना पुरा भएको धारणा राखे ।

२० दिन अघि देखि पहिरो गएर अवरुद्ध बनेको सेउँवा सिमाहघाछ सडक अहिले सम्म सम्वन्धीत निकायले सुचारु गर्न नसक्दा त्यस भेगका हजारौ जनताले सास्ती खेपेका छन् र रेुसुङ्गा नगरपालिका ५ को सेउवा र सिमाहघाटको विचमा पहिरो गएर त्यस सडक अवरुद्ध बनेको हो ।

एसएनआरडिपी कार्यक्रम अन्तरगत सडक विस्तार गर्न थालिए पनि पहिरोका कारण काम अगाडी बढ्न सकेको छैन् ।  उक्त सडक अवरुद्ध हुँदा जैसीथोक, वस्तु, वाग्ला, सिर्सेनी, यता धुर्कोट, पुर्कोट , हाडहाडे र उता अग्लुङ्ग सम्मका हजारौं जनताहरु पैदल यात्रा गरेर सदरमुकाम तम्घास आवत जावत गर्न बाध्य भएका छन् । त्यस्तै तम्घास सिमलटारी सडक पनि नियमित सुचारु हुन सकेको छैन् ।

त्यस्तै नयाँगाउँ हुँदै जैसीथोक हुँदै वस्तु जाने सडक पनि अवरुद्ध हुँदा जनताले सास्ती खेपेका छन् । यस सम्वन्धमा जिल्ला प्राविधिक कार्यालयको ध्यानकृष्ट गराउँदा सो कार्यालयले अव छिट्टै ममर्त सम्भारमा लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र