Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माछा मार्ने विषयमा झडप, महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २९,राजविराज । </b>सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ ।&nbsp; मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ । त्यसमा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;&nbsp;<br></p><p>प्रहरी नायब उपरीक्षक साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयवासीबीच विवाद भएको थियो । सो विवाद बढ्दै जाँदा रातिसम्म दोहोरो झडप भएको जनाइएको । दुवै पक्षले बञ्चरो, भाटालगायतका घरेलु सामग्री बोकेर झडपमा उत्रिएपछि झन वादविवादले उग्ररुप लिएको थियो ।&nbsp;</p><p>सोही झडपका क्रममा घरेलु हतियार प्रहार भएर घाइते भएकी गङ्गीयादेवीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य थालिएको प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए ।रासस</p>