पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय "/>
2026-07-04 12:26 AM
ओखलढुङ्गा - OKL

ओखलढुंगामा हुलाक टिकटमा पनि कालोबजारी

पूर्णप्रसाद न्यौपाने, साउन १९, ओखलढुंगा । ग्यास, दैनिक उपभोग्य सामाग्री, सुन, प्रेट्रोलियन पदार्थ, कपडा लगाएत हरेक क्षेत्रमा जिल्लाका उपभोक्ताहरु ठगिने गरेको ओखलढुंगाका लागि नौलो कुरा होईन । तर पछिल्लो समय नियमनकारी निकायले अनुगमन नगर्दा ओखलढुंगामा हुलाक टिकटमा समेत कालो बजारी हुने गरेको छ ।

      जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकै मूलगेट र आसपासमा खुलेआम रुपमा हुलाक टिकटको कालोवजारी भएपनि जिल्ला प्रशासन कार्यालय ओखलढुंगा बेखवर छ । हुलाक नियमावली २०२० मा व्यवस्था भए अनुसार नेपाल सरकारद्वारा दिइएको अनुमतिपत्र लाइसेन्स वा तोकिएको शर्तहरूको अधिनमा नरही कसैले टिकट बिक्री वितरण गर्न वा त्यस्तो व्यवसाय गर्न पाइने छैन भनि उल्लेख गरिएको छ ।

      तर, ओखलढुंगामा अधिकांश साईवर व्यवसायी र प्रशासन तथा मालपोत लगाएतका कार्यालयका मूलगेटमा रहेका पसललेहरुले दिनहुँ सयौ सेवाग्राहीलाई टिकट विक्रीका नाममा ठग्दा समेत नियमनकारी निकायका अधिकारीहरु हुलाक टिकटमा भएको कालो बजारीका विषयमा अनविज्ञता प्रकट गर्नेगरेका छन ।

      सरकारी छाप लागेको कागज हुलाक टिकटलाई तोकिएको मूल्य भन्दा बढीमा विक्री बितरण गर्न पाईदैन । तर, ओखलढुंगामा प्रति टिकट तोकिएको मूल्य भन्दा ३ देखि ५ रुपैयाँसम्म बढी मूल्य लिएर हुलाक टिकटको खुलेआम विक्री वितरण भइरहेको छ । ५ रुपैयाँको टिकट ८ रुपैयाँ र १० रुपैयाँको टिकटलाई १२ देखि १५ रुपैयाँ लिने गरेको व्यापारी स्वयम स्वीकार गर्दछन् । एक व्यापारीले भने–‘मान्छेलाई छिटो चाहिएको छ, टिकट लिन पर जाँदैनन् जति भन्यो उती दिन्छन् तर म भने २ देखि ३ रुपैयाँ मात्र नाफा खान्छु ।’ लामो समय देखि बढि मुल्य लिएरै टिकट विक्रि गरिरहेको भए पनि आज सम्म कसैले त्यसो नगर्नु नभनेको भन्दै १,२ रुपैँया बढि लिएर भएपनि जनतालाई सेवा दिएको व्यापारीहरु दावी गर्छन् ।

      सदरमुकामका केहि व्यापारीहरुले वर्षौदेखि हुलाक टिकटमा कालो बजारी गरिरहेका छन् । सरकारी छाप लागेको वस्तु राजपत्रमा अंकित मूल्य भन्दा बढीमा विक्री गर्नु अपराध हो । यस्तो अपराधमा सम्लग्नलाई कालो वजारी तथा उपभोत्ता संरक्षण ऐन र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ ले गरेको परिभाषा अनुसार सजाय गर्ने व्यवस्था छ । ऐनमा भनिए अनुसार यस्तो गतिविधिमा सम्लग्नलाई दश वर्षसम्म सजायको व्यवस्था छ । यति हुँदा हुँदैपनि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले त्यस्ता कालोवजारीमा सम्लग्नलाई कारवाही गरेको छैन ।

      हुलाक नियमावली अनुसार हुलाकद्वारा भएको टिकट बिक्री, ड्यूटीमा रहेको हुलाक कर्मचारीद्वारा बिक्री भएको टिकट बिक्री, विभागले नियुक्ति गरेको फिलाटेलिक व्यूरो वा एजेन्सीद्वारा भएको टिकट बिक्री, महानिर्देशकद्वारा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी टिकट बिक्री गर्न तोकिएको व्यक्ति वा संस्थाबाट हुलाका टिकट विक्री गर्न पाईन्छ । टिकट बिक्री गर्ने वा टिकट सम्बन्धी व्यवसाय गर्नेले पालन गर्नु पर्ने शर्त तथा बन्देजमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिए बमोजिम हुने व्यहोरा समेत उल्लेख छ । तर नियमनकारी निकायको अनुगमन नहुँदा ओखलढुंगामा खुलेआम रुपमा हुलाक टिकटमा कालो बजारीहुदा दैनिक सयौँ उपभोक्ताहरु ठगिदैँ आएका छन ।

      हुलाक टिकटमा भइरहेको कालो बजारीका बिषयमा बजार निरिक्षण एवम् अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले यो बिषयमा आफुहरुको हालसम्म ध्यान नगएको बताए ।‘टिकटको बिषयमा हामिलाई जानकारी नै थिएन । तत्काल अनुगमन गछौं र यदि त्यस्तो गरेको पाइएमा ऐनमा भएको व्यवस्था अनुसार नै त्यस्ता व्यक्तिलाई कारवाही गछौँ ।’ ज्ञावलीले भने–‘हुलक टिकट हुलाक भन्दा वाहिर जो कोहीले विक्री गर्न पाइदैँन । हुलाकलाई समेत यस विषयमा म तत्काल सोध्छु ।’

      यता टिकटमा भएको कालोबजारीका बिषयमा जिल्ला हुलाक कार्यालयका निमीक्त प्रमुख पुन्नलाल न्यौपानेले आफूहरुसंग जो कोही पनि हुलाक टिकट किन्न आउने गरेको र विक्री भएको टिकटका विषयमा आफूहरुलाई केही जानकारी नभएको बताए ।‘यद्यपी यहाँका केहि व्यापारीले धेरै मात्रामा टिकट लाने गर्दछन् ।’ न्यौपानेले भने–‘तोकिएको मूल्य भन्दा बढीमा टिकट विक्री हुनु आफैंमा कालोबजारी हो । यसकोे अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय छ ।’ जिल्लामा नियमनकारी निकायहरु एक अर्कालाई उसको दायित्वभन्दै पन्छिने र सम्वन्धीत पक्षले ध्यान नदिनेगर्दा उपभोक्ताहरु टिकटमा समेत ठगिन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो