२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

२०७७, २३ पुष बिहीबार ०७:०६

पुस २३, बाँके | बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीेले जनाएको छ । 

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५-७६ देखि हालसम्म ४८१ महिला, २२० बालिका, ९९ बालक र आठ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १२६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार आर्थिक २०७५-७६ मा ३७०, २०७६-७७ मा ३११ र २०७७-७८ मा १२७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये आव २०७५-७६ मा तीन, २०७६-७७ मा ३१ र २०७७-७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिनुभयो । 

बाँकेमा आर्थिक वर्ष २०७७-७८ मा १२७ महिला तथा बालबालिका हराएका छन् । चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन् । तीमध्ये ९२महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ । हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने