साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत"/>

2026-09-19 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट बेपत्ता भएका बालक अझै भेटिएनन्

साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत्ता रहेका छन् । असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । 

“गत असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।” भारततिर गयो भन्ने सुनेका छौँ, उहाँले दुखेसो पोख्नुभयो, “कतै दलालको हातमा पर्यो कि भन्ने चिन्ता लागेको छ ।” 

बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उहाँले बताउनुभयो । बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । 

भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै अझै पनि भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । गहँुगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाफ टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कहीँबाट पनि बालक भेटिएको सूचना प्राप्त भएको छैन ।” 

बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुनेक्रम बढ्दै गइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई