आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकहजार नौसय परिवारलाई मासिक सहयोग

आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोही छैनन् । ढल्किएको उमेरमा सहारा नभएका उनी अहिले मासिक रु सात हजार ५०० पाउन थालेयता भने खुसी छन् । “यो उमेरमा पैसा पाउँदा खान मन लागेको र लगाउन मन लागेको पाएको छु,” उनले भने । 

उनीजस्तै कुभिण्डेका कृष्णबहादुर श्रेष्ठ पनि अहिले खुसी छन् । नेपालीले जस्तै उनले मासिक रु सात हजार ५०० पाउन थालेको तीन महिना पूरा भयो । श्रीमतीको मृत्युपछि ६ वर्षदेखि एक्लै बस्दै आएका उनले आफूले मासिकरुपमा पाएको पैसाले घर खर्च धानेका छन् । “यसरी पैसा पाएपछि घर खर्चबाट जोगिएको पैसाले बाख्रा किनेको छु,” उमेरले ७० कटेका कृष्णबहादुर भन्छन्, “पैसा पाउन थालेपछि केही सजिलो भएको छ ।” उनले अहिले यही पैसाले दुईवटा बाख्रा पालिरहेको बताए । 

नेपाली र श्रेष्ठलाई सहज जीवनयापनका लागि वल्र्डभिजनको आर्थिक सहयोग तथा डिप्रोक्स नेपालको संयोजनमा रकम उपलव्ध भएको हो । उनले लगातार कम्तीमा ६ महिनासम्म मासिकरुपमा यो रकम पाउनेछन् । 

सामाजिक सुरक्षाका लागि नगद प्रवाह परियोजना कार्यक्रमअन्तर्गत डिप्रोक्सले भूकम्पपीडितका लागि रकम सहयोग गरेको हो । परियोजना अन्तर्गत नेपालीसँगै जिल्लाका एक हजार ९०३ भूकम्पपीडित परिवारलाई मासिक सात हजार ५०० राहत वितरण गरिएको छ । 

डिप्रोक्स नेपालले जिल्लाका चौतारा नगरपालिकाअन्तर्गत साबिक सानोसिरुबारी, पिपलडाँडा र कुभिण्डेका पीडितलाई रकम वितरण गरेको हो । त्यस्तै, साँगाचोक, फुल्पिङकोट, भोटेचौर, हैबुङ गरी सातवटा गाविसमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रमअन्तर्गत लाभान्वितले ६ किस्तासम्म रु सात हजार ५०० का दरले रकम प्राप्त गर्नेछन् । 

मासिक रु सात हजार ५०० भन्दा कम आम्दानी हुने घरपरिवारलाई यो रकम वितरण गरिएको हो । डिप्रोक्सका अनुसार एकल, अपाङ्ग, टुहुरा, दीर्घरोगीको पहिचान गरेर रकम वितरण थालिएको हो । 

काम गर्न नसक्ने र घरमा काम गर्न सक्ने कोही पनि नभएकालाई गाउँको वडा भेलाले सिफारिस गरेर पठाएको छ । त्यस्ता व्यक्ति यो परियोजनाबाट लाभान्वित भइरहेका छन् । सानोसिरुबारीका १६५, पिपलडाँडाका १४८, कुभिण्डेका १३३, साँगाचोकका ६०९, हैवुङ्गका ११७, भोटेचौरका ३८७ र फुल्पिङकोटका ३४४ घरधुरी यो कार्यक्रमबाट लाभान्वित बनेको डिप्रोक्स नेपालका सामाजिक प्रशिक्षक चन्द्रमणि अर्यालले जानकारी दिनुभयो । 

“अहिले पाएकालाई कम्तीमा ६ महिनासम्म रकम वितरण गरिनेछ,” अर्यालले भने, “यो सङ्ख्याबाट अब अरू थप लाभान्वित थपिने छैनन् ।” सुरुमा भौचर वितरण गरिने र भौचर वितरण कार्यक्रममा सरसफाइ, बचत, पोषण, विपद्को बेलामा आउन सक्ने जोखिम र यसको न्यूनीकरण आदि विषयमा तालिम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गत परियोजनाको तेस्रो किस्ताको रकम वितरण कार्य अन्तिम चरणमा रहेको र चौथो किस्ताको रकम पनि तेस्रो किस्ता बाँडिसकेपछि चाँडै नै बाँड्ने तयारी पनि भइरहेको छ । लाभान्वितको सहजताका लागि मेगा बैंकसँग समन्वय गरी रकम वितरण कार्य भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई