साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका "/>

2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका बाढीपीडितले अझै सहयोग पाएनन्

साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका घर तथा आँगनलगायत सबै बस्ने स्थान पुरेपनि आफूहरु अहिले यस्तै बाढीग्रस्त क्षेत्रमा बसोबास गर्न बाध्य हुनुपरेको एक पीडित कुमार भट्टराईले बताउनुभयो । 

बाढीले घर तथा आँगनसमेत पुरेपनि अन्य कतै बस्ने विकल्प नहुँदा दुर्गन्धित क्षेत्रमा बस्न बाध्य भएपछि धेरै गाउँले बिरामीसमेत भइरहेको तर यसका लागि आफूहरुलाई उचित बसोबासको व्यवस्थापनको पहल नभएको स्थानीयवासी गोकर्ण थापा बताउँछन् । थापा भन्छन्, “आफूहरुको गाउँको घरआँगन सबै बाढी प्रवेश गर्दा ढुङ्गा र बालुवाले भरिएको छ, यसलाई हटाउन कसैले पहल गरेको छैन, अनि दुर्गन्धका कारण बस्न पनि कठिनाइ हुँदै आएको छ ।” 

कुनै पनि सङ्घसंस्थाले आफूहरुलाई एउटा त्रिपाल पनि वितरण नगरेको र बाढीले ल्याएको बालुवा, ढुङ्गा र फोहोर हटाउन पनि सम्बन्धित निकायले नै बेवास्ता गर्दा गाउँका २५० घरपरिवार को विचल्ली भएको स्थानीयवासी आनन्द भट्टराईको गुनासो रहेको छ । बाढीले बगाएर ल्याएको बालुवाको थुप्रो मात्र एस्काभेटर प्रयोग गरेर हटाउने पहल भएको भएपनि बाढीपीडितलाई बसोबास गर्न सहज हुने पीडित बताउँछन् । 

स्थानीय प्रशासनलगायत निकाय गाउँमा आएर हेर्ने मात्र गरेको तर अहिलेसम्म पीडितका लागि कुनै सहयोग नगरेको पीडितको गुनासो छ । कतिपय बाढीपीडित भन्छन्, “गाउँघर टोलमा बाढीले थुपारेको बालुवा, ढुङ्गालगायत फोहोर वस्तु सम्बन्धित निकायले हटाउन मात्र सहयोग गरे पनि आफूहरु सहज तरिकाले बस्न सक्ने अवस्था छ ।” 

कि त तत्काल आफूहरुलाई पनि त्रिपाल तथा पालको व्यवस्था गरेर छुट्टै बस्ने व्यवस्था भए सहज हुने पीडित बताउँछन् । अहिले करिब सय घरपरिवारको त घरभित्र नै बालुवा र ढुङ्गाले भरिएकाले दुर्गन्धमा बस्न बाध्य हुँदै आएको पीडित बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई